IME Life New

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा सिग्देल, ग्रहण गरे सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् । संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयानुसार मिलन सिग्देललाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरे बमोजिम यस संस्थाको सञ्चालक समितिको २१४औँ बैठकले उनलाई सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको छ हो ।

नव नियुक्त सञ्चालक सिग्देलले संस्थाका अध्यक्ष सुवर्ण पौडेल समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । करीब १० वर्ष भन्दा बढीको लेखापरीक्षण, बीमा तथा वित्तीय क्षेत्रमा कार्यानुभव भएको मिलन सिग्डेल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS