IME Life New

एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त, लिइन् सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया लघुवित्तको स्वतन्त्र संचालकमा सरिता गौतम नियुक्त भएकी छिन् । यस संस्थाको पुस १ गते, सोमबारका दिन साँझ बसेकोे सञ्चालक समितिको बैठकले संस्थामा रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन–०२, काठमाडौँ निवासी सरिता गौतमूलाई नियुक्त गरेको हो ।

नवनियुक्त स्वतन्त्र सञ्चालक श्री सरिता गौतमले पुस १ गते प्रचलित कानून तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेकी हुन् । करिब १० वर्षको विभिन्न क्षेत्रहरुमा कार्यानुभव रहेकोसरिता गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत थिइन् ।

Esewa
Crest

यस संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेज्यूले उच्चतम अनुभव प्राप्त व्यक्तिलाई १९५औँ सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुशी प्रकट गर्दै स्वागत गरेका थिए । साथै, नवनियुक्त स्वतन्त्र सञ्चालकको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS