IME Life New

एनआईसी एशिया बैंकले ल्यायो निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । एनआईसी एशिया बैंकले दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले समय अनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत यस्तो योजना ल्याएको हो ।

बैंकले २०७८ चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहक महानुभावहरूल एनआईसी एशिया मोबाइल बैंकिङ्ग एप प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।

Esewa
Crest

एनआईसी एशिया मोबाइल बैंकिङ्ग एप मार्फत आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकहरूले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एन आई सी एशिया मोबाइल बैंकिङ्ग एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् ।

यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनआईसी एशिया मोबाइल बैंकिङ्ग एप भित्र रहेको सेन्ट रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण  नाम, मोबाइल नम्बर एवं ठेगाना उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्ने बैंकले जनाएको छ ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । साथै, बैंकका कुनै एक ग्राहकले अर्को कुनै ग्राहकलाई पठाएको रेमिट रकम एनआईसी एशिया मोबाइल बैंकिङ्ग एप बाट सहजै बुझन सकिने नवीन सुविधा समेत यस एपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS