IME Life New

एनआईसी एशिया बैंकले थप्यो सर्वश्रेष्ठ बचत खातामा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले ०७८ कात्तिक १ गतेदेखि ल्याएको सर्वश्रेष्ठ बचत खाता योजनामा ग्राहक सहभागिता उत्साहपूर्ण रहेको बताएको छ । बैंकले ग्राहक मागअनुसार यसअघिको सर्वश्रेष्ठ बचत खातामा पाइने १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्म उपलब्ध गराउनेछ ।

सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सकिनेछ ।

Esewa
Crest

बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदालाई पाँच वर्षे अवधिसम्म उपलब्ध गराउनेछ । बैंकले पाँच वर्षका लागि निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ पाँच वर्षसम्म निःशुल्क र वार्षिक क्रेडिट कार्डलगायत अन्य योजनाका शुल्क पनि निःशुल्क उपलब्ध गराउनेछ ।

बैंकले हाल ३५८ शाखा, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ शाखारहित सेवामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS