IME Life New

एनआईसी एशियाका दुई योजनाले इकाईधनीको बैंक खातामा पठाए प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले आफ्ना इकाईधनीहरुको बैंक खातामा प्रतिफल पठाएका छन् । एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनहरुको बैंक खातामा नगद लाभांश (प्रतिफल) पठाएका हुन् ।

गत आर्थिक वर्षको मुनाफाबाट एनआईसी एशिया ब्यालेन्सड् फण्डले कर सहित १० प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डले १० दशमलव ५० प्रतिशत नगद लाभांश कर सहित दिएका हुन् ।

Esewa
Crest

यी दुबै फण्डले मंसिरदेखि १ गते देखि इकाईधनीहरुको बैंक खातामा पठाउन शुरु गरेकाले आफ्नो बैंक खातामा लाभांश प्राप्त भए नभएको यकिन गर्न आग्रह गरेका छन् ।

हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका तथा हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्था मर्जरको कारणले गर्दा परिवर्तन भएका इकाईधनीले आफ्नो हितग्राही खाता रहेको सम्बन्धीत निक्षेप सदस्यमा सम्र्पक गरी बैंक खातामा समयमै अद्यावधिक गराउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS