IME Life New

एनआईबिएल समृद्धि फण्ड –१ ले शेयर तथा ऋणपत्र लिलामी मार्फत विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको साधारण शेयरहरु तथा ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको पहिलो सामुहिक लगानी योजना – एनआईबिएल समृद्धि फण्ड – १ पुस २२ गते परिपक्व भएको थियो । तसर्थ योजना खारेजीमा लैजाने क्रममा एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको शेयरहरु तथा ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको हो ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त साधारण शेयरहरु न्यूनतम मूल्य एक सय रुपैयाँको दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य एक हजार रुपैयाँको दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने जनाइएको छ ।

Esewa
Crest

साथै, शेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाहरुले, यही माघ १३ गते देखि मिति २०७८ माघ २० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आपूmले लिन चाहेको शेयरहरु÷ऋणपत्रहरु दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्न सकिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS