IME Life New

एनआइसी बैंकको लाभांश पारित, आजैदेखि शेयरधनीको खातामा रकम पठाउन सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । एनआईसी एशिया बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय २१ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये १० प्रतिशतका दरले हुन आउने ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले बैंकको पुँजी वृद्धिको प्रस्ताव पनि पारित गरेको छ । यसबाट बैंकको चुक्ता पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ रुपैयाँ पुगेको छ ।

Esewa
Crest

बैंकमा डिम्याट खाता हुने शेयरधनीहरुलाई शुक्रबारै नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको तथा डिम्याट खाता नहुने शेयरधनीहरुले यथाशीघ्र खाताको लागि बैंकको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS