IME Life New

एनआइसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ गते शनिबार कन्चनपुर, बोडगाउँ, कन्चन, रामापुर, गोबरैया, बेलाशपुर बान्डुसेन शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पौष महिनामा सो कार्यक्रम सम्पन्न गरेको हो ।

समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको र महिला दिदि बहिनीहरुमा र विद्यार्थी भाई बहिनी हरुमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले सस्थाले सुदुर पश्चिम प्रदेश कलुवापुर उप प्रदेश अन्तर्गत श्री रौलेश्व मा.वि. चवन्निबजार का ६८ बढि विद्यार्थी तथा कन्चन, रामापुर, गोबरैया, बेलाशपुर, बान्डुसेन, कन्चनपुर अन्तर्गत का १८६ महिला दिदि बहिनीहरुमा वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो ।

Esewa
Crest

विशेष गरेर कार्यक्रमले वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र आउँदा दिनहरुमा यो कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । संस्थाले हाल २८९ ओटा शाखामार्फत वित्तीय सेवा हरु दिँदै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS