IME Life New

एनआइसी एशिया क्यापिटलले कोभिड भ्याक्सिन डबल डोज लगाएकाको लागि निःशुल्क लगानी व्यवस्थापन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कोभिड भ्याक्सिनको डबल डोज लगाईसकेका नेपाली नागरिकहरुलाई मिति २०७८ साल माघ ७ गतेदेखि मिति २०७८ साल फागुन मसान्तसम्म निःशुल्क रुपमा लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको छ। विशेष गरी यो योजना कोभिड भ्यासिनको डबल डोज लगाई स्वास्थ सतर्कता अपनाएका तथा डबल डोज लगाउन प्रेरित गर्ने मुख्य उद्देश्यका साथ संचालनमा ल्याइएको हो ।

यस योजना अन्तर्गत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापन सेवा लिदा पहिलो वर्ष निःशुल्क रुपमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निणर्य लिने व्यहोरा समेत जानकारी गराइन्छ ।

Esewa
Crest

पछिल्लो समयमा पूनः कोरोना संक्रमण दर दिन प्रति दिन बढ्दो क्रममा रहेकाले घरमै सुरक्षित रुपमा बसी अनलाईन मार्फत सहजै लगानी व्यवस्थापन सेवा लिन सकिने व्यवस्था मिलाइएको छ। उक्त लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले एन आई सी एशिया क्यापिटलको वेभसाईट वा सोझै यो लिंक https://www.nicasiacapital.com/book-an-appointment मा क्लिक गरि Virtual Meeting को लागि
समय बुक गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS