IME Life New

एनआइसी एशिया क्यापिटलको दोश्रो प्रदेश स्तिरीय पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले बाग्मती प्रदेश अन्तर्गत हाकिम चोक, भरतपुर, चितवनमा दोश्रो प्रदेश स्तिरीय पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ९० जना भन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानी सम्बन्धी निर्णय लिदाँ ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा बिस्तृत जानकारी गराएका थिए ।

Esewa
Crest

मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाडौं उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरबाट कसरी मर्चेण्ट बैंकहरुले उपलब्ध गराएको सेवा लिन सकिन्छ र नयाँ लगानीकर्ताहरुलाई सहज रुपमा पूँजबारमा आबद्ध भई सुरक्षित रुपमा शेयर कारोवार गर्न सकुन भन्ने मुख्य उद्देश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिती रहेको थियो । क्यापिटलले आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य प्रदेशहरुमा समेत गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS