IME Life New

एचएमपीभी भाइरसः विश्वमा फेरि स्वास्थ्य संकटको त्रास ! वर्क फ्रम होम दोहोरिएला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोनाजस्तै एउटा नयाँ एचएमपीभी भाइरस चीनमा तीव्र गतिमा फैलिरहेको छ। भारतमा पनि देखिन थालेको छ।

पाँच वर्षअघि २०२० मा पनि नयाँ वर्ष सुरु हुनेबित्तिकै कोरोनाले हलचल मच्चाएको थियो भने केहीले २०२५ लाई २०२० को नक्कल भनेका छन्। किनकि यही समयमा ५ वर्षअघि कोभिड–१९ को आगमन भएको थियो। त्यसपछि संसारभरको जनजीवन अस्तव्यस्त भयो।

Esewa
Crest

अहिले यो नयाँ रोग आएपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका पोस्ट शेअर भइरहेका छन्। एकपटक फेरि मानिसमा त्रसित छन्। यो नयाँ भाइरसबारे मानिसहरुले सोसल मिडियामा विभिन्न प्रतिक्रिया दिइरहेका छन्।

फेरि वर्क फ्रम होम

सामाजिक सञ्जालमा केहीले यो नयाँ भाइरस र फेरि वर्क फ्रम होमजस्ता नियमको कार्यान्वयनका बारेमा खुसी भएका मेमहरु शेअर गरिरहेका छन्। कतिपयले यसलाई सन् २०२५ मा चीनको नयाँ विस्फोट भनी आफ्नो पोस्ट शेअर गरेका छन्। चीनलाई जिम्मेवार ठहराउँदै एक प्रयोगकर्ताले लेखेका छन्, ‘हामी नयाँ भेरिएन्ट थप्दैछौँ।’

पुराना दिनहरुको झल्को

कतिपय प्रयोगकर्ताले कोरोनाको समयमा अपनाएका केही सावधानी र अन्य गतिविधिको स्मरण गराउँदै त्यस समयको भिडियो र तस्बिर पनि शेअर गरिरहेका छन्। एउटा ह्यान्डलबाट ‘बजाऊ थाली’ क्याप्सनसहितको मेम शेअर गरिएको छ र पुरानो समयमा फर्किने कुरा गरिएको छ।

२०२० को नयाँ भर्जन हो २०२५

एक प्रयोगकर्ताले २०२० र २०२५ को क्यालेन्डरको तस्बिर शेअर गरेका छन्। यससँगै कोरोना फैलिन थालेको मितिलाई अन्डरलाइन गरेर देखाइएको छ र अहिले एचएमपीभी सोही मितिमा उदय भइरहेको छ। यससँगै २०२५ मा कोरोनाजस्तो महामारी फैलिने कुरा यस पोस्टमार्फत ती भविष्यवाणीहरु सही साबित भएका छन्।

अनलाइन कक्षाहरुबारे प्रतिक्रिया

विद्यालयमा अध्ययनरत बालबालिकालाई लिएर केही पोस्ट पनि शेअर भइरहेका छन्। जसमा फेरि अनलाइन कक्षाको सन्दर्भमा अभिभावक र शिक्षकको नराम्रो अवस्था देखाइएको छ र बालबालिकाहरु हास्दै रमाइलो गरेको देखाइरहेको छ। यो मेममार्फत नयाँ भाइरस लाग्नेबित्तिकै बालबालिका, शिक्षक र अभिभावकको प्रतिक्रिया कस्तो हुन्छ भन्ने देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS