IME Life New

एचआईडिसीएलको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले साउन ५ गतेदेखि आज २५ गतेसम्मका लागि निष्काशन गरेको एक बराबर एक अनुपातको हकप्रद शेयरमा आवेदन दिने समय लम्बिएको हो ।

अब उक्त हकप्रद शेयरमा भदौ ८ गतेसम्म् आवेदन दिन सकिने भएको छ । कम्पनीले निष्काशन तथा विक्री खुला गरेको हकप्रद शेयरमा साउन २१ गतेको पत्र बमोजिम कम्पनीको संचालक समितिको बैठकबाट अहिलेको कोरोना महामारीको असहज परिस्थिती तथा हकप्रद शेयरको लागि हालसम्म परेको दरखास्तको विवरणलाई मध्यनजर गर्दै समय थप गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

उक्त अनुपातमा कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्बको आधारमा १०० रुपैयाँ अंकित दरको ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते एक दिन बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले हकप्रदमा आवेदन धितोपत्र बोर्डबाट सि–आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै, मेरोसेयर सफ्टवेयरमार्फत् आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसका साथै, ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS