IME Life New

एचआइडिसिएलको साधारणसभा सम्पन्न, ८ प्रतिशत बोनश शेयरको प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ‘एचआइडिसिएल’ले दशौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले ८ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश पारित गरेको छ । साधारणसभा कम्पनीको केन्द्रिय कार्यालयबाट सञ्‍चालक समितिका अध्यक्ष एवम् नेपाल सरकार, ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारणसभामा सञ्‍चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन सहित निर्धारित प्रस्तावहरु पारित भएको छ । अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित भएको छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिएको छ ।

Esewa
Crest

महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चार्टर्ड एकाउन्टेन्ट श्री सृष्टी कोइरालालाई आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरिएको छ । सर्वसाधारण समूहका शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरी भएको निर्वाचन प्रकृयाबाट अधिकतम मत प्राप्त गरी सुधीर ज्ञवाली सञ्‍चालक पदमा निर्वाचित भएका छन् । त्यस्तै कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव, कम्पनीको प्रवन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप आवश्यक समायोजन गर्न सञ्‍चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ ।

हालसम्म जलविद्युत क्षेत्रमा मात्र लगानी गर्ने यस कम्पनीको उद्देश्य रहेकोमा यस सभाबाट प्रवन्धपत्रमा संशोधन भई कम्पनीको उद्देश्य विस्तार गरी अन्य नवीकरणीय ऊर्जाका क्षेत्रमा समेत लगानी गर्न सक्ने गरी आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS