IME Life New

एक महिनामै नेप्सेमा ७०० अंकको उछाल, कुन सूचक कति बढ्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ सरकार गठन र अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै नेपालको शेयर बजारले लय समात्न थालेको छ। त्यसमाथि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लचकता अपनाएसँगै बजार बढ्नलाई थप टेवा पुगेको छ।

पछिल्लो १ महिनाको तथ्यांक हेर्ने हो भने शेयर बजार परिसूचक नेप्से इन्डेक्स ३४.२० प्रतिशतले बढेको छ। गत जुलाई १ मा २०५३.३८ को विन्दुमा रहेको नेप्से अगस्ट १ मा २७५५.६२ को विन्दुमा बन्द भएको छ। बजारमा आज सामान्य करेक्सन आएपछि यो १ महिनाको अवधिमा नेप्से ७०२.२४ अंकले बढेको छ।

Esewa
Crest

यो १ महिनाको अवधिमा सबैभन्दा बढी वित्त समूह उकालो लागेको छ। गत जुलाई १ मा २४११.२५ को विन्दुमा रहेको वित्त समूह आज अगस्ट १ मा ३५६८.८४ को विन्दुमा बन्द भएको छ। यो अवधिमा वित्त समूह ४८.०१ प्रतिशतले बढेको छ।

यसैगरी पछिल्लो १ महिनामा दोस्रो सबैभन्दा बढी बढ्ने समूह लगानी रहेको छ। लगानी गत जुलाई १ मा ७५.३४ को विन्दुमा रहेको लगानी समूह आज अगस्ट १ मा १०९.८७ को विन्दुमा बन्द भएको छ। यो अवधिमा लगानी समूह ४५.८३ प्रतिशतले बढेको छ।

बैंकिङ समूह पनि पछिल्लो १ महिनामा ४२.९२ प्रतिशतले बढेको छ। गत जुलाई १ मा १०८८.६८ को विन्दुमा रहेको बैंकिङ सूचक आज अगस्ट १ मा १५५५.९४ को विन्दुमा बन्द भएको छ।

नेप्से उपसमूहमा रहेका अरु १० वटा समूह पनि पछिल्लो १ महिनामा उकालो लागेका छन्। होटेल तथा पर्यटन समूहमा ३७.७३ प्रतिशत, जीवन बीमा समूहमा ३५.३४ प्रतिशत विकास बैंक समूहमा ३३.३५ प्रतिशत, अन्य समूहमा ३०.३८ प्रतिशत, निर्जीवन बीमा समूहमा २९.२९ प्रतिशत, व्यापार समूहमा २८.८४ प्रतिशत, जलविद्युत समूहमा २८.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २४.२४ प्रतिशत, लघुवित्त समूहमा २०.४९ प्रतिशत र म्युचुअल फन्ड समूहमा १४.९८ प्रतिशतको बढोत्तरी भएको छ।

आज अगस्ट १ मा नेप्सेको कुल बजार पुँजीकरण ४३ खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। जुलाई १ मा नेप्सेको बजार पुँजीकरण ३२ खर्ब ५६ अर्ब ६ करोड रुपैयाँ थियो। यो हिसाबले १ महिनाको अवधिमा लगानीकर्ताको सम्पत्ति ११ खर्ब १६ अर्ब ८ करोड रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS