IME Life New

एक बीमक एक अभिकर्ता ऐन कार्यान्वयनको तीन उपाय: राजु शाहको विचार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक बीमक एक अभिकर्ता सम्बन्धी बीमा ऐनको प्रावधानले बीमा बजार दुई धारमा विभाजित भएको छ । अभिकर्ताहरू यस ऐनको खारेजी पक्षमा छन् भने बीमक र बीमा प्राधिकरण जसरी पनि कार्यान्वयन गर्ने पक्षमा देखिन्छ।

अभिकर्ताले यस ऐनको विरोध गर्नु आ आफ्नै कारण भएपनि बीमकहरू अस्थिर व्यवसायलाई स्थिर बनाउनको लागि घेराबन्दी गरेको देखिन्छ। नियामक निकाय बीमा प्राधिकरण दुबै पक्षलाई यस ऐनलाई कार्यान्वयन गराउन जिम्मेवार बनाउन सकेको छैन। यस ऐनलाई सहजै कार्यान्वयन गर्न के गर्ने त ?

Esewa
Crest

बीमा कम्पनी पिच्छै फरक फरक प्रोडक्ट, सेवासुविधा र बोनस दरलाई एकरूपता कायम गरेको खण्डमा अभिकर्ताहरू एउटै बीमकमा बसी सहजै लामो समय सम्म काम गर्नेछन। बोनस दर र प्रोडक्ट सेवासुविधामा फरक हुदाँ एक बीमकलाई छोडेर अन्य बीमक रोज्नु स्वभाविक देखिन्छ।

बीमकहरू अभिकर्तालाई कमिसन बाहेक दिने १८ प्रतिशत रकममा एकरूपता छैन । प्रत्यक्ष अभिकर्तालाई प्रदान गरिने सो रकम कसैले बङ्ग्याएर खर्च गरेका छन भने कसैले ओभरहेडको नाउमा बढी पनि खर्च गरेको देखिन्छ। यो सुविधालाई एकरूपता कायम गरेको खण्डमा एक बीमक एक अभिकर्ता सम्बन्धी बीमा ऐन सहजै कार्यान्वयन गर्न गराउन सकिन्छ।

एउटै बीमकमा लामो समय सम्म बसेर काम गर्दा भविष्य के? यस प्रश्नको सटिक जवाफ बीमकसंग हुनैपर्छ। एउटा निश्चित लक्ष्य भेटाउने अभिकर्ता दोस्रो बर्ष सोही लक्ष्य पुरा गरे वा सामान्य ग्रोथ गरेको खण्डमा सेवासुविधा थपिँदैन तर कर्मचारी प्रत्येक वर्ष ग्रेड वा पदउन्नोती गरिरहेका हुन छन । एउटै कम्पनीमा, व्यवसायीक अभिकर्ता भएर काम गर्दा र क्षणिक काम गर्दा हुने घाटा नाफा स्पष्ट भएको खण्डमा एक बीमक एक अभिकर्ता सम्बन्धी बीमा ऐन सहजै कार्यान्वयन गर्न गराउन सकिन्छ।

स्वतन्त्र पेशाको रूपमा चिनिने बीमा अभिकर्ता पेसालाई जिम्मेवार बनाउन बीमक र प्राधिकरण जिम्मेवार हुनैपर्छ। एउटै कम्पनीमा व्यवसायीक भएर काम गर्दा अभिकर्ता पेसा अझै विश्वसनीय पेसा बन्नेछ। बीमा अभिकर्ताहरु बीमा कम्पनीमा मेरुदण्ड नै हुन् ।

 

(शाह एशियन लाइफ इन्सोरेन्सको अभिकर्ता हुन ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS