IME Life New

एक्चुरी पढ्दै गरेका २७ मध्ये २० जना अन्तर्राष्ट्रिय परिक्षामा उत्तिर्ण, दुई विद्यार्थी बीमा कम्पनीमा आबद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्व विद्यालय गणित स्कूल अन्तर्गत बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी अध्ययन गरिरहेका परिक्षार्थीहरुले अन्तर्राष्ट्रिय स्तरको सिएस, सिएम र सिबी तहका परिक्षाहरुमा सहभागी कूल २७ जना परिक्षार्थी मध्ये २० जना उत्तिर्ण भएका छन् ।

गणित स्कूलका कार्यक्रम संयोजक केशवराज फुलाराले नेपाली विद्यार्थीहरुले अन्तर्राष्ट्रिय परिक्षामा उत्कृष्ट नतिजा ल्याएकोमा खुशी व्यक्त गरे ।

Esewa
Crest

त्रिवि अन्तर्गत गणित विज्ञान स्कूलका परिक्षार्थीहरुले आईएफओएद्धारा सेप्टेम्बरमा लिएको एक्चुरीको परिक्षामा विधार्थीहरुमध्ये CS1बिषयमा पाँचजनामध्ये चारजना, CM1 बिषयमा दुई जना परिक्षा दिएकोमा दुबै जना उतीर्ण, CM2 बिषयमा एक जना परिक्षा दिएकोमा एकैजना, CB1 बिषयमा १५ जना मध्ये ९ जना उत्तीर्ण भएका र CB2 बिषयमा चारजना मध्ये चारजना नै उत्तीर्ण भएका छन् ।

त्रिभुवन विश्वविधालय विज्ञान तथा प्रविधि अध्यययन स्कूल कार्यक्रम संयोजक केशवराज फुलाराले अन्तराष्ट्रियस्तरको तुलनामा नेपाली विद्यार्थीले झण्डै बढी प्रतिशत ल्याएर उत्तिर्ण गरेको जानकारी दिए ।
हालसम्म ४ वटा पेपरका ३ जना विधार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् । यस बर्ष रिचा ढकाल, मुकुल पौडल र सन्तोष लामिछानेले ४ वटा पेपर उत्तीर्ण गरेको गणित विज्ञान स्कूलले जनाएको छ । गत बर्ष समेत त्रिविको गणित स्कूलमा अध्ययन गरिरहेका ऋचा ढकाल र सन्तोष लामिछानेले उत्कृष्ट नम्वर ल्याएर उत्तिर्ण भएका थिए ।

एक्चुरियलका अनुसार यस बर्ष रिचा ढकालले CS1, CM1, CB1, CM2 पेपरको परिक्षा उत्तीर्ण गरेका छन् । त्यस्तै, मुकुल पौडेल र सन्तोष लामिछानेले CS1, CM1, CB1, CB2  पेपरको परिक्षा उत्तीार्ण गरिसकेका छन् ।

चारवटा पेपरको परिक्षा पास गर्ने ३ जना विधार्थीमध्ये २ जना नेपाली बीमा बजारमा जुनियर असिस्टेन्टको रुपमा कार्यरत छन् । सन्तोष लामिछाने हाल नेपाल पुनर्बीमा कम्पनीमा आवद्ध छन् भने मुकुल पौडेल रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध छन् ।

गणित स्कूलका कार्यक्रम संयोजक केशवराज फुलाराले यसवर्ष पनि २७ जना परिक्षार्थीले आईएफओएको परीक्षा दिएका छन् । गत बर्षमा २२ जना परिक्षार्थी सहभागी थिए ।
बेलायती बोर्डबाट १३ पेपर परिक्षा दिएपछि मात्रै एक्चुरिजको रुपमा काम गर्न पाइने व्यवस्था छ । अन्तर्राष्ट्रिय रुपमा काम गर्ने पाइनेछ । नेपालमा एक्चुरिजको चर्को अभाव छ । नेपालमा एक्चुरिज नहुँदा नेपाली बीमा कम्पनीहरुले भारतीय एक्चुरीको भर पर्नुपरेका कारण बार्षिक साधारणसभा नै ढिलाई हुँदै आएको छ ।

सर्टिफाइड एक्चुरी हुनका लागि १३ वटा पेपर पास

सर्टिफाइड एक्चुरी हुनका लागि १३ वटा पेपर पास गर्नुपर्ने हुन्छ । ७ वटा पेपर पास भएपछि एसोसियटेड एक्चुरीको मान्यता दिईन्छ । बाँकी ६ वटा पेपरलाई फेलो एक्चुरीको नाम दिईएको छ । नेपालमा जम्मा आठ वटा सेमेष्टरमा ७ वटा पेपरको जाँच हुन्छ ।

कति चाहिन्छ योग्यता ?

प्लस टु अध्ययन समाप्त गरेका जुनसुकै संकायका विद्यार्थीले पनि यो विषय अध्ययन गर्न पाउँछन् । तर, १०० पूर्णाङको गणित भने पढेको हुनुपर्नेछ । प्रत्येक सेमेस्टरमा एउटा विषयको ७५ पूर्णाङको  परीक्षा हुन्छ । जसमध्ये ४५ अंकको फाइनल, ३० पूर्णाङको आन्तरिक हुन्छ । आन्तरिकमा ६ अंक, गृहकार्यको ६ अंक, ६ अंक हाजिरी र ६ अंकको प्रस्तुतिकरणको अंक जोडिन्छ  । चार वर्षको अध्ययन समाप्तिपछि विद्यार्थीहरूले इन्र्टन गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS