IME Life New

एकैदिन १२७२ अंकले घट्यो भारतीय शेयर बजार, अन्य एसियाली बजारको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारमा सोमबार पहिरो गएको छ। सेन्सेक्स १२७२ अंकले घटेको छ भने निफ्टीमा ३६८ अंकको गिरावट आएको छ। योसँगै सेन्सेक्स ८४ हजार २९९ को विन्दुमा बन्द भएको छ। निफ्टी पनि २५ हजार ८१० को विन्दुमा झरेको छ।

सेन्सेक्सका ३० शेयरमध्ये २५ वटाको भाउ घटेको छ भने ५ वटाको बढेको छ। निफ्टीमा रहेका ५० शेयरमध्ये ४१ वटामा गिरावट आएको छ भने ९ वटाको बढेको छ। एनएसईको अटो सेक्टरमा सबैभन्दा बढी गिरावट आएको छ।

Esewa
Crest

गत शुक्रबार भारतीय बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। त्यस दिन सेन्सेक्स ८५ हजार ९७८ को विन्दुमा र निफ्टी २६ हजार २७७ को विन्दुमा बन्द भएको थियो।

अन्य एसियाली बजारमे जापानको निक्केईमा ४.८० प्रतिशतको गिरावट आएको छ भने हङकङको ह्याङस्याङ इन्डेक्स २.४३ प्रतिशतले बढेको छ। चीनको सांघाई कम्पोजिट इन्डेक्स ८.०६ प्रतिशतको बढोत्तरीका साथ बन्द भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS