IME Life New

एकवर्षमै ३० अर्ब रूपैयाँको मोटरसाइकल आयात, प्लाण्ट थपिंदा अनएसेम्बल्डको पैठारी बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक वर्षको अवधिमा नेपाली बजारमा झण्डै ३० अर्ब रूपैयाँ बराबरको मोटरसाइकल आयात भएको छ। दुई पाङ्ग्रे मोटर साइकल निजी सवारी साधनका रूपमा नेपालमा सर्वाधिक रूचाइएको र यातायातमा प्रयोग हुने साधन हो ।

भन्सार विभागले प्रकाशन गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा तयारी र अनएसेम्बल्ड सहित कुल १ लाख ३० हजार २७१ थान मोटरसाइकल पैठारी भएको छ। यति ठूलो संख्यामा मोटरसाइकल,स्कुटर आयात हुँदा कुल १५ अर्ब २ करोड २९ लाख ९४ हजार रूपैयाँ बाहिरिएको छ। सरकारले राजश्ववापत १४ अर्ब ८८ करोड ५९ लाख ७३ हजार रूपैयाँ असुली गरेको छ।

Esewa
Crest

अनएसेम्बल्ड मोटरसाइकलको आयात बढ्दोः

चल्तीका ब्राण्डको मोटरसाइकलहरू नेपालमै एसेम्बल गर्न थालिएपछि अनएसेम्बल्ड मोटरसाइकलको आयात उल्लेख्यरूपमा वृद्धि भएको छ। पछिल्लो एक वर्षको अवधिमा स्थानीय एसेम्बलिङ उद्योगले कुल ७३ हजार ३०३ थान अनएसेम्बल्ड मोटरसाइकल आयात गरेका छन् । अघिल्लो आव २०७९।८० मा ६९ हजार ४४४ थान सग्लो मोटरसाइकल आयात गरिएकोमा ४१ हजार ८९१ थान अनएसेम्बल्ड मोटरसाइकल भित्र्याइएको थियो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा ५० देखि १२५ सिसि क्षमतासम्मका अनएसेम्बल्ड मोटरसाइकल सर्वाधिक संख्यामा आयात भएको छ । गत आवमा यो क्षमताका कुल ३४ हजार ७३७ थान मोटरसाइकल आयात गरिएको छ।

सग्लो मोटरसाइकलको साटो मोटरसाइकलका सबै संरचना र पार्टपूर्जाहरू छुट्याएर प्याकिङ गरिएकोलाई अन एसेम्बल्ड भनिन्छ । यस्तो मोटर साइकललाई नेपालमा सञ्चालनमा रहेको एसेम्बलिङ प्लान्ट ( जडान उद्योग ) मा पुनः जडान गरेर सग्लो मोटरसाइकल तयार पारिन्छ।

हाल नेपालमा हिरो मोटरसाइकल, होण्डा मोटरसाइकल, टिभिएस मोटरसाइकल, सुजुकी मोटरसाइकल, बजाज मोटरसाइकल, यामाहा मोटरसाइकल र रोयल इन्फिल्ड मोटरसाइकल सहित सात वटा नाम चलेका ब्राण्डको एसेम्बलिङ प्लाण्ट सञ्चालनमा छन् ।

श्रोतः भन्सार विभाग

गत आवमा ५६ हजार ९६८ थान तयारी मोटरसाइकल पैठारी भएको छ । तयारी मोटरसाइकलको आयातमा भन्सार राजश्व सहित कुल १२ अर्ब ३९ करोड ४३ लाख ८७ हजार रूपैयाँ व्यापारीले भुक्तानी गरेका छन् । यसैगरी अनएसेम्बल्ड मोटरसाइकलको आयातमा १७ अर्ब ५१ करोड ४५ लाख ७९ हजार रूपैयाँ लगानी भएको छ।

अघिल्लो आव २०७९।८० मा ६९ हजार ४४४ थान सग्लो मोटरसाइकल आयात गरिएको थियो ।

आर्थिक वर्ष २०७८।७९ मा कुल १ लाख ८४ हजार ४६६ थान तयारी मोटरसाइकल भित्र्याइएको थियो । यसैगरी कुल १ लाख ४ हजार ३४ थान अनएसेम्बल्ड मोटरसाइकल आयात गरिएको थियो ।

स्वदेशमै आधा दर्जनभन्दा बढी एसेम्बलिङ प्लाण्ट सञ्चालनमा रहे पनि सग्लो मोटरसाइकलको आयात अझै पनि उल्लेख्य संख्यामा भई रहेको छ। नेपाली बजारमा बिक्री हुने सबै प्रकारका मोटरसाइकलको एसेम्बलिङ नहुने भएकाले तयारी मोटरसाइकलको आयात पनि उल्लेख्य संख्यामा जारी रहेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS