IME Life New

एकल बीमालेखको संख्या बढ्दा जीवन बीमा क्षेत्रमा भित्रियो विकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौंं । एकल बीमा शुल्कवापत जारी गरिने बीमालेखको संख्या बढ्दै जाँदा जीवन बीमा क्षेत्रमा विकृति भित्रिएको छ । जीवन बीमा कम्पनीहरुबीच बढीभन्दा बढी प्रथम बीमाशुल्क आर्जन गर्ने होडबाजीका कारण बीमांकवापत एकमुष्ठ ठूलो रकम संकलन गर्ने उद्देश्यले एकल बीमाशुल्क संकलन गर्ने प्रवृत्ति देखिएको छ।

बीमा समितिले जारी गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार एकल बीमाशुल्कबाट ४ अर्ब १ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को प्रथम बीमाशुल्क आर्जनको १० देखि ४५ प्रतिशतसम्म एकल बीमाशुल्कमार्फत् नै संकलन गरेका छन् ।

Esewa
Crest

एकल बीमाशुल्क अन्तर्गत लामो अवधिको लागी बीमालेख जारी गरिएपनि बीमितले एकै पटकमा सम्पूर्ण बीमाशुल्क भुक्तानी गर्न सक्ने सुविधा दिइएको हुन्छ । यो बीमाशुल्क पर्याप्त नगद हुने तर प्रत्येक वर्ष नविकरण बीमाशुल्क भुक्तानी गर्ने झण्झट बोक्न नचाहने बीमितलाई लक्षित गर्दै ल्याइए पनि यसको व्यापक दुरुपयोग भइरहेको छ ।

बीमा अभिकर्ताले वा जीवन बीमा कम्पनीको उच्च व्यवस्थापनले आवधिक व्यवसायीक लक्ष्य पुरा गर्नको लागी एकल बीमाशुल्कलाई माध्यमको रुपमा प्रयोग गरिरहेका छन् । अन्य सावधिक र म्यादी बीमाको बिक्रीबाट अपेक्षितरुपमा प्रथम बीमाशुल्क आर्जन हुन नसकेपछि ठूलो ठूलो बीमाशुल्कसहितको एकल बीमाशुल्क वापत बीमालेख जारी गर्ने प्रवृत्ति देखिएको छ ।

एकल बीमाशुल्कवापत जारी गरिएको बीमालेखमार्फत् मुद्रा निर्मलीकरणमा सहयोग पुगेको भन्दै बीमा समितिमार्फत् वित्तीय सूचना केन्द्र(एआईयू)ले छानबिन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS