IME Life New

एकर्ड फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा एनआइबिएल एस क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले प्राथमिक शेयर(आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको १२ प्रतिशतले हुन आउने १ सय रुपैयाँ अंकित दरको ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँ बराबरको ७ लाख ६ हजार ९०९ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

आइपीओ निष्काशनका लागि आवश्यक पूर्व तयारी शुरु गरेको कम्पनीले हालै मात्र प्रत्याभूतिकर्ताको रुपमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

Esewa
Crest

सम्झौतामा कम्पनीका तर्फबाट प्रबन्धक निर्देशक बिशाल पण्डित तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

सन् २०१३मा एकर्ड फर्मास्युटिकल्स लिमिटेड औषधि उत्पादन गर्ने उद्योगका रुपमा दर्ता भएको कम्पनी हो । कम्पनीले व्यावसायिक उत्पादन भने सन् २०२१ फेब्रुअरीदेखि गरेको थियो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको सुबिधानगरस्थित तीनकुनेमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS