IME Life New

एउटै बैंकको १० प्रतिशत भन्दा धेरै क्रस होल्डिङ भएका माइक्रोफाइनान्सलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै बैंक वित्तीय संस्थाको १० प्रतिशत भन्दा धेरै क्रस होल्डिङ भएका माइक्रोफाइनान्सलाई मर्जरमा जान दवाव दिएको छ । राष्ट्र बैंकले सोमबार एउटा निर्देशन जारी गर्दै त्यस्ता माइक्रोफाइनान्स सँग कार्ययोजना माग गरेको छ ।

राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७७ को निर्देशन नम्बर १० मा बुँदा नम्बर १५ मा थप गरि यस्तो निर्देशन दिएको हो । उक्त बुँदामा थप गर्ने क्रममा राष्ट्र बैंकले ‘इजाजतपत्र ‘क’ ‘ख’ र ‘ग’ वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको संस्थाहरु बीच एक आपसमा वा इजाजतपत्र प्राप्त एक भन्दा बढी ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्नु पर्नेछ ।’ भनि थप गरेको छ ।

Esewa
Crest

यो व्यवस्था थप भए सँगै क्रस होल्डिङ्स भएका लघुवित्तले आउदो असार मसान्तभित्रमा मर्जरमा जाने योजना बनाउनु पर्ने भएको छ । राष्ट्र बैंकले अहिलेसम्म लघुवित्तलाई मर्जरका लागि स्वतन्त्र छाडिदिएको थियो । तर उल्लेख्य मात्रामा मर्जरमा नगए पछि यस्तो रणनीति लिएको हो । अधिकाम्स बैंक तथा वित्तीय संस्थाले विभिन्न लघुवित्त वित्तीय संस्थामा क्रस होल्डिङ लगानी गरेको पाइन्छ । यस निर्देशन सँगै केहि लघुवित्तहरु मर्जरमा जान बाध्य हुने देखिन्छ ।

D-Circular-no-4

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS