IME Life New

एउटै बेडको लागत साढे दुई करोड नाघेको तीनकुनेको काठमाडाैं इन्टरनेशनल अस्पताल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बानेश्वरबाट तीनकुने तिर लाग्दै गर्दा देब्रेपट्टी तीनकुने पुल पारी हरियो रङको झुलभित्र ठडिंदै गरेको अग्लो भवन परिसरमा भिमकाय क्रेन कहिले दायाँ कहिले बायाँ चलि रहेको हुन्छ। विगत चार वर्षदेखि निरन्तर तरकारी बजारको सेड छेउ निर्माण कार्य जारी छ। अबको एक वर्षपछि यो ठाउँमा एउटा सुविधा सम्पन्न निजी क्षेत्रको अस्पताल सञ्चालनमा आउँदैछ।

शैय्या क्षमताका हिसाबले काठमाडाैं शहरभित्रको ठूलो मध्येको यो काठमाडाैं इन्टरनेशनल अस्पताल अस्पतालको निर्माण कार्य पछिल्लो चार वर्षदेखि निरन्तर चलि रहेको छ। नेपालमा कोरोना महामारी शुरू भएलगत्तै तीनकुनेको यो जग्गामा काठमाडाैं इन्टरनेशनल हस्पिटल प्रालिको नामबाट अस्पताल निर्माणको काम शुरू भएको हो।

Esewa
Crest

यो अस्पताल निर्माण शुरू गर्दा निर्माण लागत ७ अर्ब ४६ करोड रूपैयाँ अनुमान गरिएको थियो। अहिले यसको अनुमानित लागत १३ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ७० लाख रूपैयाँ पुगेको छ। अस्पताल निर्माणको लागत थपिंदा यसको प्रति शैय्या औसत निर्माण लागत १ करोड ९० लाख रूपैयाँबाट २ करोड ५० लाख रूपैयाँ नाघ्ने भएको छ। अस्पताल निर्माण कार्यमा भएको ढिलाई, थप जग्गा अधिग्रहण र विशिष्टीकृत सेवामा परिवर्तनका कारण यसको लागत मूल्य बढेको केयर रेटिङ्गसले विज्ञप्तीमा उल्लेख गरेको छ। अस्पताल परिसर ६ हजार ५ सय वर्ग फुट क्षेत्रफलमा फैलिएको छ।

अस्पतालमा आकस्मिक सेवा, प्रयोगशाला सेवाका साथै सामान्य शल्यकृया, मुटु, कलेजो, पाचन प्रणाली, आँखा नाक कान घाँटी, अर्बुद रोग, प्रसुती सेवा, बाल रोग, हाडजोर्नी, नशा रोगको विशिष्टीकृत सेवा उपलब्ध हुनेछ । सन् २०२५ को मध्य अक्टुबर अर्थात आगामी कात्तिक महिना देखि यो अस्पतालले सेवा शुरू गर्नेछ। शुरूमा १ सय शैय्याबाट शुरू गरिने भएको छ। दोश्रो वर्ष २ सय र तेश्रो वर्षसम्ममा ३ सय शैय्याबाट सेवा प्रदान गर्ने अस्पताल व्यवस्थापनको योजना छ।

यो अस्पतालमा चितवन मेडिकल कलेजको सञ्चालकहरूको सर्वाधिक लगानी छ। कुल लगानी पूँजीमध्ये ७१ प्रतिशत बैंक ऋणबाट जुटाउने योजना छ। अस्पताल सञ्चालनमा आउँदासम्म प्रवर्द्धकले अस्पताल निर्माणका लागि ६ अर्ब रूपैयाँ भन्दा बढी ऋण लिई सकेका हुनेछन् । गत भदाैसम्ममा प्रवर्द्धकले शेयर प्रतिबद्धताको ५९ प्रतिशत पूँजी लगानी गरि सकेका छन् ।

भदाैसम्ममा अस्पतालको भाैतिक संरचना निर्माणको काममा ५५ प्रतिशत प्रगती भएको रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ। विज्ञप्ती अनुसार अतिरिक्त जग्गा अधिग्रहण, जग निर्माण, बंकर सहितको सम्पूर्ण संरचना निर्माणको काम सम्पन्न भई सकेको छ। आन्तरिक सज्जा, उपचार उपकरण, विद्युतीय उपकरण, पाइप लगायतको कामको ठेक्का लगाउने काम पुरा भएको छ।

अस्पतालको निर्माण कार्य अझै पनि जारी नै रहेकाले परियोजना कार्यान्वयन र पूर्व अनुमानित लागतभित्रै निर्माण कार्य सम्पन्न हुने जोखिम विद्यमान रहेको केयर रेटिङ्गसले टिप्पणी गरेको छ।

कुल ६ अर्ब १० करोड रूपैयाँ बैंक कर्जा प्रयोजनका लागि वित्तीय सबलता मूल्याङ्कन गरेकोमा केयर रेटिङ्गसले ६ अर्ब २ करोड ४१ लाख दीर्घकालीन कर्जा सुविधाका लागि केयर एनपि बि प्लस रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

43%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS