IME Life New

एउटा औषधि पसलबाट सुरुआत, अनौठो थियो नाम, अहिले २०० देशमा कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सफ्ट ड्रिंकको कुरा गर्ना साथ सबैको मुखमा पेप्सी र कोका–कोलाको नाम आउँछ। पेप्सिको कुरा गर्ने हो भने यो अमेरिकी ब्रान्ड आज विश्वभर चर्चित छ। यसको कारोबार विश्वका २०० देशभन्दा बढी देशमा फैलिएको छ। पेप्सीको सुरुआतको प्रसंग निकै रोचक र अनौठो छ। यसको सुरुआत एउटा औषधि पसलमा उत्पादन गरेर भएको थियो। अहिले यो सफ्ट ड्रिंक ब्रान्ड मार्केटमा लिडर बनेको छ।

सन् १८९३ मा सुरुआत

Esewa
Crest

पेप्सीको सुरुआतका बारेमा कुरा गर्दा यो सन् १८९३ मा नर्थ क्यारोलिनाको न्यु बर्नमा स्थापना भएको थियो। यो औषधिका रुपमा प्रयोगको लागि बनाइएको थियो। यसलाई सुरु गर्ने व्यक्तिको नाम कालेब ब्राधम थियो। जो पेसाले फार्मासिस्ट थिए। उनले पानीमा चिनी, कारमेल, जायफल, कागती र कोला नट मिसाएर पेय तयार गरे र आफ्नो पसलमा ‘ब्राड्स ड्रिंक’ नामले बेच्न थाले। उनले यो पेय विशेषगरी पाचन सुधार गर्ने उद्देश्यले ल्याएका थिए। जब यसको बिक्री बढ्न थाल्यो तब ब्रधामको दिमागमा यो पेयको नाम परिवर्तन गर्ने विचार आयो।

पेप्सी नामबाट बजारमा

सन् १८९८ मा ब्राधमले पेप्सिन इन्जाइम पेयको नाम परिवर्तन गरेर पेप्सी राखे र यसलाई स्वस्थ कोलाका रुपमा बजारमा ल्याए। सुरुमा यो पेय ‘उत्साही, ऊर्जावान र पाचनमा सहयोगी’ भन्ने ट्यागलाइनमा ल्याइएको थियो र यसको बिक्री बढ्दै गयो। यस अवधिमा यसको लोगोमा धेरै परिवर्तन गरिएको थियो। जसको प्रभाव यसको बिक्रीमा पनि देखिएको थियो।

समयसँगै लोगो परिवर्तन

सन् १९४० मा पेप्सी कोलाको लोगो एउटा अनौठो फन्टबाट बनाइएको थियो। तर त्यसपछि यसको फन्ट लगातार परिवर्तन गरियो। प्रारम्भिक चरणमा यसको लोगो यसको प्रतिस्पर्धी ब्रान्ड कोका–कोलाको जस्तै रातो रङको थियो। त्यसपछि कम्पनीले फरक सोचका साथ सन् १९५० मा पहिलोपटक यस पेयको बोतलको ढक्कनमा रहेको लोगोमा निलो र सेतो रङ थपेको थियो। त्यसपछि समयसँगै यसको लोगो र ट्यागलाइन झन् आकर्षक हुँदै गयो र यसको व्यापार पनि बढ्दै गयो।

अर्बौं डलरको आम्दानी, २०० देशमा बिक्री

आज पेप्सिकोलाई कार्बोनेटेड र गैर–कार्बोनेटेड पेय पदार्थको बजारमा कुनै पहिचान चाहिँदैन। रिपोर्टका अनुसार यसको व्यापार विश्वका २०० भन्दा बढी देशमा फैलिएको छ। कम्पनीका उत्पादनहरु ल्याटिन अमेरिका, युरोप, एसिया प्यासिफिक, अस्ट्रेलिया, न्युजिल्यान्ड, चीन, अफ्रिका, भारत, मध्यपूर्व र दक्षिण पूर्व एसियालगायत अन्य देशमा अवस्थित छन्। यसबाहेक औषधिका रुपमा सुरु भएको र ठूलो उचाइमा पुगेको पेप्सी इन्कर्पोरेटको मूल कम्पनी फर्च्युन–५०० को सूचीमा समावेश भएको अमेरिकी बहुराष्ट्रिय कम्पनी हो। यसको मुख्यालय न्युयोर्कमा छ।

व्यापारसँगै बढ्यो उत्पादन

पेय पदार्थबाट सुरु भएको यस कम्पनीको व्यवसाय बढ्दै जाँदा यसले आफ्नो उत्पादन पोर्टफोलियोलाई पनि विस्तार गर्दै आएको छ र अहिले कम्पनीसँग मिरिन्डा, ओसन स्प्रे, माउन्टेन ड्यू, एक्वाफिना, लिप्टन, ७अप, ट्रोपिकाना, एएमपी इनर्जीलगायतका धेरै ब्रान्ड छन् भने स्न्याक्स ब्रान्डका रफल्स, फ्रिटोस, चिटोस, क्र्याकर, चिप्सीटो, सन लैकर, चिप्सी, सनलेस, ज्याक, ल्याकरलगायतका ब्रान्ड रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS