IME Life New

एआईले बीमकको जोखिम मोडेलिङ र विश्लेषणमा धेरै फाइदा पुर्याउँछः सर्भे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगले बीमक (पुनर्बीमाकसहित) को जोखिम मोडेलिङ र विश्लेषणमा ठूलो फाइदा पुर्याउने हालै गरेको एक सर्वेक्षणले देखाएको छ।

रिइन्स्योरेन्स न्युजले गरेको सर्वेक्षणमा सहभागी यस क्षेत्रका झन्डै आधा उत्तरदाताले एआईले बीमकको जोखिम मोडेलिङ र विश्लेषणमा सबैभन्दा ठूलो फाइदा पुर्याउने जबाफ दिएका हुन्। जब कि एआईको प्रयोगले बीमकको ग्राहक सेवामा सबैभन्दा कम फाइदा हुने उत्तरदाताहरुको अनुमान छ।

Esewa
Crest

सर्वेक्षणमा बीमा र पुनर्बीमा उद्योगका सयौँ व्यक्तिहरुले मतदानमार्फत प्रतिक्रिया दिए। तीमध्ये ७ प्रतिशतले मात्र ग्राहक सेवाभित्र एआईबाट बीमहरुले सबैभन्दा बढी फाइदा पुर्याउने अपेक्षा गरेका छन्। जब कि ४६ प्रतिशतले जोखिम मोडलिङ र विश्लेषणमा सबैभन्दा बढी फाइदा पुग्ने देखिएको अपेक्षा गरेका छन्।

सर्भेक्षणमा दुवै अन्डरराइटिङ/मूल्य निर्धारण र कार्यालय क्षमता तथा स्वचालन क्रमशः २४ प्रतिशत र २३ प्रतिशत मत प्राप्त भएको छ। अहिले धेरैजसो बीमा कम्पनीले आफ्नो प्रणालीमा प्रविधि अपनाइरहेका छन् र प्रविधिले यस क्षेत्रलाई कसरी फाइदा पुर्याउन सक्छ भन्ने थप तरिका खोजिरहेका छन्।

यो वर्षको सुरुमा रिइन्स्योरेन्स न्युजसँगको अन्तर्वार्तामा क्यापजेमिनीका ग्लोबल इन्स्योरेन्स उद्योगका लिडर एडम डेनिंगरले विभिन्न चुनौती र जोखिमका कारण बीमाकको सम्भावित सतर्क दृष्टिकोणलाई स्वीकार गर्दै अन्डरराइटिङ अभ्यासहरुमा एआईको महत्वपूर्ण भूमिका रहने बताएका थिए। ‘मानिसले बेवास्ता गर्न सक्ने चिजहरु एआईले पत्ता लगाउँछ’, उनले भनेका थिए, ‘एआईले मानिसहरुले गुमाउन सक्ने वा सोचेकै नहुन सक्ने कुराहरु फेला पार्न सक्छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS