IME Life New

ऋणको बोझले दबियो विश्वकै ठूलो अर्थतन्त्र, २३ वर्षमा ६ गुणाले बढ्यो कर्जा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो केही वर्षदेखि विश्वका थुप्रै देशको अर्थव्यवस्थाको वृद्धिमा कमी आएको छ। केही देशको अर्थव्यवस्थामा भने वृद्धि भएको छ। सन् २००० देखि सन् २०२० सम्म चीनको अर्थव्यवस्थाले निकै फड्को मारेको छ।

जीडीपी डाटाअनुसार अहिले विश्वकै ठूलो अर्थतन्त्रका रुपमा अमेरिका रहेको छ। त्यसपछि चीन, जापान, जर्मनी र भारत रहेका छन्। जीडीपीमा बढोत्तरीका साथ केही देशको कर्जा पनि निकै बढेको छ।

Esewa
Crest

विश्वकै ठूलो अर्थतन्त्र अमेरिका पनि कर्जाको बोझले दबिएको छ। पछिल्लो २३ वर्षमा अमेरिकाको कर्जा ६ गुणाले बढेको छ। वर्ष २००० जनवरी १ सम्म अमेरिकाको राष्ट्रिय कर्जा ५.७ खर्ब डलर थियो। जब जनवरी १ २०१० मा कर्जा बढेर १२.३ खर्ब डलर पुग्यो।

यसैगरी सन् २०२० जनवरी १ मा अमेरिकाको कर्जा करिब २ गुणाले बढेर २३.२ खर्ब डलर पुगेको थियो। वर्ल्ड अफ् स्ट्याटेटिकको डाटाअनुसार २०२४ जनवरी १ सम्म अमेरिकाको कुल कर्जा बढेर ३३.९ खर्ब डलर पुगेको छ। यसरी अमेरिकाको कुल कर्जा पछिल्लो २३ वर्षमा ६ गुणाले बढेको छ।

अमेरिकाको जीडीपी अहिले २६ हजार ९५४ अर्ब डलर रहेको छ। जब कि चीनको जीडीपी १७ हजार ७८९ अर्ब डलर रहेको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS