IME Life New

ऋणको बोझले दबिँदै विश्वका ठूला अर्थतन्त्र, कुन देशको कर्जा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व प्रायः सबै देशले सरकारी ऋण लिएका हुन्छन्। तर, केही ठूला अर्थतन्त्रहरुमा ऋण बोझ बढ्दै गइरहेको छ।

वर्ल्ड अफ स्ट्याटेस्टिक्स हालै सर्वाधिक ऋणको बोझमा दबिएका देशहरुको सूची जारीको छ। यो सूचीमा शीर्ष स्थानमा रहेको छ, विश्वकै ठूलो अर्थतन्त्र अमेरिका।

Esewa
Crest

वित्त वर्ष २०२३।२४ को तथ्यांक हेर्ने हो भने अमेरिका सबैभन्दा धेरै ऋण लिने देशमा परेको छ। अमेरिका कर्जाको बढेर ३३ हजार ३३९ अर्ब डलर पुगेको छ।

यो सूचीको दोस्रो स्थानमा चीन रहेको छ। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। चीनमा ऋणको बोझ १४ हजार ६९२ अर्ब डलर पुगेको छ।

यसैगरी तेस्रो धेरै ऋण बोक्नेमा जापान र चौथो बेलायत रहेको छ। यी दुवै ऋण क्रमशः १० हजार ७९७ अर्ब डलर र ३ हजार ४६९ अर्ब डलर रहेको छ। जापान विश्वकै चौथो ठूलो र बेलायत छैटौँ ठूलो अर्थतन्त्र हो।

पाँचौँ स्थानमा फ्रान्स रहेको छ। फ्रान्समाथि ३ हजार ३५४ अर्ब डलर ऋण रहेको छ। इटाली यो सूचीमा ३ हजार १४१ अर्ब डलर ऋणका साथै छैटौँ स्थानमा रहेको छ। फ्रान्स विश्वको सातौँ र इटाली नवौँ ठूलो अर्थतन्त्र हो।

यसैगरी छिमेकी मुलुक भारत पनि सर्वाधिक ऋण बोक्ने देशको सूचीमा सातौँ नम्बरमा रहेको छ। यो देशले ३ हजार ५७ अर्ब डलर कर्जा बोकेको छ। भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो।

जर्मनी २ हजार ९१९ अर्ब डलर ऋणका साथै आठौँ स्थानमा रहेको छ। यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो।

यो सूचीको नवौँ र दसौँ स्थानमा क्रमशः क्यानडा र ब्राजिल रहेका छन्। क्यानडामाथि २ हजार २५३ अर्ब डलर र ब्राजिलमाथि १ हजार ८७३ अर्ब डलर ऋण रहेको छ। ठूला अर्थतन्त्रको हिसाबले क्यानडा दसौँ र ब्राजिल आठौँ स्थानमा छन्। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%
happy

खुसी

18%
sad

दु :खी

64%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS