IME Life New

उपनिर्वाचनका लागि ६ वटा संस्थाले पाए पर्यवेक्षणको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी वैशाख १० गते हुने बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले पर्यवेक्षक तोकेको छ ।

वि.स. २०८० मा निर्वाचन पर्यवेक्षण प्रयोजनका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेश भएका ७ वटा निवेदन उपर निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा (२) बमोजिम जाँचबुझ गर्दा ६ वटा संस्थाहरुले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले सोही निर्देशिकाको दफा १० को उपदफा (१) बमोजिम पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको छ ।

Esewa
Crest

आयोगको यही चैत २८ गतेको बैठकबाट निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् । ती संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाइ सिफारिश भइ आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइने आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS