IME Life New

उपनिर्वाचनका लागि मतदाता नामावलीको उतार उपलब्ध गराउन आयोगको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावलीको उतार उपलब्ध गराउने व्यवस्था मिलाउन निर्वाचन आयोगले निर्देशन जारी गरेको छ ।

आयोगले चितवन जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ तथा बारा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवार हुन चाहने वा उम्मेदवारको निर्वाचन प्रतिनिधि हुन चाहने व्यक्तिले मतदाता नामावलीको उतार लिन कुनै निर्वाचन कार्यालयमा पनि निवेदन दिन सकिने आयोगले जनाएको छ ।

Esewa
Crest

आयोगका अनुसार निवेदन प्राप्त भएमा सम्बन्धित निर्वाचन कार्यालयबाट तोकिएको प्रक्रिया पूरा गरी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–२ बमोजिमको ढाँचामा नामावलीको उतार उपलब्ध गराइने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS