IME Life New

उपत्यकामा निषेधाज्ञा कायमै, थपियो १० दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपत्यकामा फेरी १० दिन निषेधाज्ञा थप भएको छ । आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गरेको हो ।

साउन १ गतेबाट जारी निषेधाज्ञा आज आइतबार राति १२ बजे सकिँदैछ। भोलि देखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भीडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन नपाइने जनाएको छ ।

Esewa
Crest

त्यसैगरी खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने बैठकले निर्णय गरेको छ । कुनै पनि शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति नदिइने भनिएको छ ।

स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS