IME Life New

उपत्यकाको माैसम निरन्तर चिसिंदै, सावधानी अपनाउन चिकित्सकको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनयता लगातार काठमाडौं उपत्यकाको तापक्रम घट्दो क्रममा रहेको छ। मौमसविदका अनुसार अझै केही दिन यो क्रम जारी रहनेछ।

विभागका अनुसार बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । दिनभर तापक्रम ४ देखि १९ डिग्री सेल्सियस बीच रहनेछ।

Esewa
Crest

एक्कासी मौसम चिस्सिएकाले चीसोबाट हुन सक्ने रूघाखोकी र फोक्सोको संक्रमणबाट जोगिन पर्याप्त सावधानि अपनाउन चिकित्सकले सुझाव दिएका छन् । पर्याप्त न्यानो लुगा लगाउन, तातो झोलिलो पेय तथा खाने कुरा खान र बिरामीले नियमित औषधी सेवन गर्न समेत सुझाइएको छ।

विभागले प्रकाशन गरेको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

विभागका अनुसार बुधबार दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले हवाई उड्डयन सेवा प्रभावित हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS