IME Life New

उन्नति सहकार्य लघुवित्तको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको हो । कम्पनीले गत चैत ३१ गते सम्पन्न छैठौ साधारण सभाबाट पारित १७ दशमलव ८१ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले छैठौ साधारण सभाको लागि बुक क्लोज हुँदाको समयसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा कात्तिक १७ गतेदेखि उक्त बोनश शेयर जम्मा गरिदिएको सोही सुचनामा उल्लेख गरेको छ ।

Esewa
Crest

उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनश शेयर बापत लाग्ने कर शेयरधनी आफैले भुक्तानी गनुपर्ने हुँदा कर बापतको रकम जम्मा गरे पश्चात बोनश शेयर क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गराउन आग्रह गरेको छ ।

कम्पनीले उक्त कर बापतको रकम सिद्धार्थ बैंक लिमिटेड हात्तिसार, काठमाडौंको खाता नम्बर ००११९०८४५१६ मा जम्मा गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS