IME Life New

उद्योग दिवसमा पाँच उद्यमी सम्मानित 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनकपुरधाम।सातौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय धनुषाले पाँच उद्यमीलाई सम्मान गरेको छ । ‘स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ नारासहित बनाइएको उद्योग दिवसमा घरेलु तथा साना उद्योग कार्यालय धनुषाले घरेलु उद्योगबाट पनि देशको विकास निर्माणमा योगदान पुर्‍याइएको भन्दै जनकपुर १८ की लहठी व्यवसायी मिना देवी, साबुन सरप उद्योग चलाउने सीता देवी मण्डल, धनुषा वटेश्वरका पटरी उद्योगी रामकुमार महतो, अगरबत्ती उद्योग चलाउने वसन्त रमौली र मिथिला पेटिङ्ग बनाउने शोभा कर्णलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निम्ति निर्देशक विपिन्न ठाकुरले बाहिरबाट सामान आयात गर्दा राज्यलाई धेरै क्षति हुने गरेको राज्यले स्वदेशी उत्पादनमा जोड दिएको बताए । उद्योगी व्यवसायी राज्यको मेरुदण्ड भएको भन्दै कम पुजी भएका व्यक्ति साना घरेलुमार्फत पनि आर्यआर्जनका साथै देश विकास सहयोग पुर्‍याउन सक्ने उनले बताए ।

कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले प्रदेश सरकार स्थापना भएको झण्डै चार वर्ष हुँदा पनि प्रदेशमा उद्योग र उद्योगीको लागि कानुन तथा लगानीको वातावरण तयार हुन नसकेको बताएका छन् । न्युज कारखाना

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS