IME Life New

उद्यमशीलता विकासका लागि नबिल बैंकले गर्यो ३ गाउँपालिकासँग सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पा बीच सम्झौता भएको छ ।

पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

Esewa
Crest

कार्यक्रमका प्रमुख अतिथी तथा नविल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उदेश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

कार्यक्रममा हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थराज रेग्मीले नविल बैंकसँगको सहकार्यबाट उद्यमशिलता विकासमा ठुलो टेवा पुग्ने बताउदै कृषि तथा पशु उद्यमशिलताको मूल्यश्रृंखलालाई अझ मजवुत बनाउदै हेफर ईन्टरनेशनले यस सम्झौता पत्रले लक्ष्य गरेका उद्देश्य प्राप्तीका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै यस अभियानमा सहभागि नविल बैंक लिमिटेड प्रति आभार व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष एवम् तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन आजको सम्झौलाई ईतिहासमै निकै महत्वपूर्ण दिनको रुपमा लिएको वताउदै विगतमा सम्झौता हुने तर कार्यान्वयनमा ढिला सुस्ती हुने अवस्थाको अन्त्य गर्दै नविल बैंकले पालिकाकाहरुको आर्थिक रुपान्तरणको अभियानमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

नविल बैंक लिमिटेडका नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्यले तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाकाबाट उपस्थित विभिन्न उद्यमीहरुलाई कर्जा स्वीकृती पत्रमा समेत हस्तान्तरण गरे ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS