IME Life New

उदार लगानी नीतिले भारतीय बीमा कम्पनीमा भित्रियो रु. ८ खर्ब वैदेशिक लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा उद्योगमा पछिल्लो ९ वर्षयता प्रत्यक्ष लगानीवापत ५ खर्ब ४० अर्ब भारतीय रुपैयाँ बराबरको लगानी भित्रिएको छ। यो रकम नेपाली रुपैयाँमा ८ खर्ब ६४ अर्ब रुपैयाँ बराबर हुन आउँछ ।

भारतको बीमा कम्पनीमा नौ वर्षको अवधिमा भित्रिएको वैदेशिक लगानीवापतको रकम नेपालको चालू आर्थिक वर्ष २०८०।८१ को कूल बजेटको पचास प्रतिशत भन्दा बढी हो ।

Esewa
Crest

भारतीय वित्तीय सचिव विवेक जोशीले पिटिआइलाई दिएको अन्तरवार्ताका क्रममा सरकारले बीमा क्षेत्रमा वैदेशिक लगानीका लागि लिएको उदार नीतिको नतिजास्वरुप उल्लेख लगानी वृद्धि भएको दाबी गरेका छन् । भारत सरकारले बीमा उद्योगमा प्रत्यक्ष वैदेशिक लगानीको सिमालाई सन् २०१५ मा २६ प्रतिशतबाट वृद्धि गरेर ४९ प्रतिशत पुर्याएको थियो । त्यसपछि पुनः सन् २०२१ मा ७४ प्रतिशतमा पुर्‍यायो। उनले बिमा मध्यस्थकर्ताको लागि अनुमति दिइएको लगानीको सीमा समेत बढाएर सन् २०१९ मा शत प्रतिशत पुर्याइएको बताए । यसले डिसेम्बर २०१४ देखि जनवरी २०२४ को अवधिसम्ममा कूल ५ खर्ब ३९ अर्ब भारतीय रुपैयाँ वैदेशिक लगानी भित्र्यायो ।

नौ वर्षको अवधिमा बीमकको संख्या ५३ बाट ७० पुगेको छ । बीमाको पहुँच २०१३-१४ मा ३.९ प्रतिशत रहेकोमा २०२२-२३ मा ४ प्रतिशत पुगेको छ। यसैगरी बीमा घनत्व प्रति व्यक्ति ५२ अमेरिकी डलरबाट बढेर ९२ अमेरिकी डलरमा पुगेको छ।बीमा प्रवेशलाई बीमा प्रिमियमको कुल गार्हस्थ उत्पादनको प्रतिशतको रूपमा गणना गरिन्छ । यसैगरी बीमा घनत्वलाई बीमाशुल्क र जनसंख्याबीचको अनुपातको रूपमा मापन गरिन्छ।

यस अवधिमा बीमा कम्पनीले व्यवस्थापन गरि रहेको सम्पत्ती २०१३-१४ मा २१.०७ लाख करोड भारु रहेकोमा तीन गुणा बढेर ६०.०४ लाख करोड भारु पुगेको छ। बीमाशुल्क आम्दानी पनि मार्च २०१४ को अन्त्यमा ३.९४ लाख करोड भारुबाट जनवरी २०२४मा आइपुग्दा बढेर १०.४ लाख करोड भारु पुगेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS