IME Life New

उत्पादन क्षेत्रको ‘उत्कृष्ट वित्तीय प्रतिवेदन २०२२ अवार्डबाट हिमालयन डिस्टिलरी सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड उत्पादन क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा उत्पादन क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन सिल्भर अवार्ड कम्पनीलाई प्रदान गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले हिमालयन डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत निरज सुबेदीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन्।

Esewa
Crest

हिमालयन डिस्टिलरीको वित्तीय प्रतिवेदन विवरणको विस्तृत व्याख्या, संस्थागत सुशासनको जानकारी तथा अन्य वित्तीय तथ्यहरुको वास्तविक तथ्य आम लगानीकर्तालाई उत्कृष्ट तरिकाले प्रस्तुत गररिहेको र यस अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले जनाएको छ ।

मदिरा क्षेत्रमा गुणस्तरीय मदिरा उत्पादन तथा बिक्री वितरण गर्न सफल हिमालयन डिस्टिलरीका उत्पादनहरु गेल्डेन ओक, ब्लु ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन अयला बजारमा अत्यन्त रुचाईएका मदिराहरु हुन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS