IME Life New

उडान सुरक्षाका लागि प्रमुख विमानस्थलहरुकाे भाैतिक पूर्वाधार थप्दै प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । हवाई उडान सेवालाई नियमन गर्दै आएकाे नागरिक उड्ययन प्राधिकरणले उडान सेवा र सुरक्षालाई व्यवस्थित गर्नका लागी मुख्य विमानस्थलहरुमा पूर्वाधारहरु थप्ने भएकाे छ।

प्राधिकरणले चालू आर्थिक वर्ष २०८०।८१ का लागी जारी गरेकाे वार्षिक बजेटमा मधेश प्रदेशकाे सिमरा र लुम्बिनी प्रदेशकाे नेपालगन्ज विमानस्थलमा जहाज अवतरणमा सहायता दिने भीओआरडीएमई उपकरण जडान गर्ने याेजना बनाएकाे छ। यसैगरी नेपालगञ्ज, सिमरा, विराटनगर, चन्द्रगढी, धनगढी, जनकपुर, लुक्ला, सिमिकोट, जोमसोम र सुर्खेत विमानस्थलमा दुई जना एयर ट्राफिक कन्ट्रोलरले एकैसाथ जहाजसँग सञ्चार गर्न सक्ने गरी भीसीसीएस प्रणाली जडान गरिने भएको छ ।

Esewa
Crest

कर्णाली प्रदेशकाे सुर्खेत, काेशीकाे विराटनगर, चन्द्रगढी र लुक्ला, मधेशकाे जनकपुर, सुदूरपश्चिमकाे धनगढी, गण्डकी प्रदेशकाे जोमसोम, बागमती प्रदेशकाे रामेछाप विमानस्थलमा यात्रुका लागि एक्सरे मेसिन जडान गर्ने याेजना छ। साथै बझाङ, बाजुरा, खानिडाँडा, तुम्लिङ्गटार तथा भोजपुर विमानस्थलहरुमा मौसम सम्बन्धी उपकरण जडान गर्ने, राजविराज र सुर्खेत विमानस्थमा एरोनटिकल ग्राउन्ड लाइट र एयरफिल्ड लाइट जडान गर्ने भनेको छ ।

प्राधिकरणका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिमरा, जनकपुर तथा चन्द्रगढी विमानस्थलमा ब्यागेज हयाण्डलिङ प्रणाली जडान गर्ने, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा एयर ट्राफिक कन्ट्रोलर सिम्युलेटर राख्ने याेजना छ।

सिमरा, भरतपुर, तुम्लिङ्गटार तथा राजविराज विमानस्थलमा आगलागी नियन्त्रणका लागि थप चारवटा दमकल खरिद गरिने भएको छ । त्यस्तै जनकपुर, भरतपुर र धनगढी विमानस्थलमा अग्नी नियन्त्रकका लागि फायरवाच कन्सोल राखिनेछ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, बस्ती स्थानान्तरण, मुआब्जा वितरण, जग्गा संरक्षण लगायतका पूर्व तयारीका कार्यलाई निरन्तरता दिँदै लगानीकाे अवधारणा तय गरी निर्माण कार्य अघि बढाइने बजेट कार्यक्रममा उल्लेख छ ।

प्राधिकरणका प्रस्तावित याेजनाहरु बजेट पर्याप्तता र निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरेमा मात्र स‌ंभव हुनेछ । विमानस्थल पूर्वाधार निर्माण तथा सूधारका लागी शुरू गरिएका प्राधिकरणका अधिकांश याेजनाहरू समयमै पुरा नभएका पर्याप्त उदाहरणहरू छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS