IME Life New

उडान कटाैती र तीन गुणा महँगो हवाई भाडाले पर्यटक आगमनको लक्ष्य भेट्न मुश्किल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन विमानस्थलमा जारी निर्माण कार्यका कारण हवाई उडान संख्या कटाैतीसँगै हवाई भाडा तीन गुणाभन्दा महँगिए पछि १६ लाख पर्यटक भित्र्याउने सरकारी योजना कागजमै सीमित हुने भएको छ।

विदेशी पर्यटकहरू नेपाल घुमघामका लागि नेपाल आउने मुख्य पर्यटकीय सिजन नोभेम्बर र डिसेम्बरमा नै हवाई भाडा अचाक्ली बढेपछि ट्राभल एजेन्सी सहितका पर्यटन व्यवसायीक चिन्तित देखिएका छन्।

Esewa
Crest

ट्राभल एजेन्सीका अनुसार सरकारले अन्तर्राष्ट्रिय वायू सेवा प्रदायक र स्थानीय जनरल सेल्स एजेण्टस(जिएसए)लाई कडाई गर्न नसक्दा अन्तर्राष्ट्रिय उडानको टिकट दर अचाक्ली महँगो भएको छ। उडान कटाैतीको बहानामा आन्तरिक उडानमा समेत घरेलु वायू सेवा कम्पनीले ह्वात्तै हवाई भाडा बढाएका छन्, यात्रुको चाप हुने आन्तरिक हवाई रूटमा दशैं अघिको बाढी पहिरो गएदेखि नै सस्तो दरको टिकट उपलब्ध हुन छोडेको छ।

यूरोप र अमेरिकाका ठूला शहरबाट काठमाडाैंसम्मको सिधा उडान नहुँदा हवाई भाडा त्यसै पनि महँगो छ। यसबाहेक नेपालमा सरकारले हवाई इन्धनमा लिने कर, पर्यटकको अनिवार्य बीमावापतको शुल्क र हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगायतका कारणले नेपालको हवाई यात्रा अन्यत्रको तुलनामा महँगो छ।

सरकारले सन् २०२४ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। जनवरी देखि अक्टुबर सम्मको १० महिनामा ९ लाख ४१ हजार पर्यटक भित्रिएका छन्। बाँकी दुई महिनामा ६ लाख ६० हजार पर्यटक आगमनको लक्ष्य पुरा हुने संभावना न्यून छ। बढीमा थप १ लाख पर्यटक भित्रिने संभावना छ। नोभेम्बर तेश्रो सातादेखि नै हिमाली भेगमा हिउँ पर्ने भएकाले हिमाल आरोहण र पदयात्रा पर्यटनका लागि यो अफ सिजन हो।

भैरहवास्थित गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडाैंको त्रिभूवन विमानस्थलको विकल्प भएपनि पूर्वी नेपालसँग भैरहवा जोड्ने पूर्वपश्चिम राजमार्गको दुरावस्था छ। चार वर्षदेखि नवलपरासीदेखि बुटवलसम्मको राजमार्ग खण्ड निर्माणाधीन हुँदा सडक यात्रुलाई आउजाउ सकस हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS