IME Life New

उकालो लाग्दै विश्व बीमा बजार, कुन क्षेत्रको वृद्धिदर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बीमा बजार सामान्य बढेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनमा विश्वमा बीमा व्यवसाय बढिरहेको तथ्यांक प्रस्तुत गरिएको हो।

प्रतिवेदनअनुसार विश्व बजारमा बीमाको व्यापार वर्ष २०२३ मा २.८ प्रतिशतले बढेको छ। विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कुल बीमा व्यवसायको अनुपात ७ प्रतिशत रहेको छ।

Esewa
Crest

वर्ष २०२३ अनुसार जीवन बीमा व्यापार १.३ प्रतिशतले र निर्जीवन बीमा व्यापार ३.९ प्रतिशतले बढेको छ। विश्वको जीडीपीमा जीवन बीमा व्यापारको अनुपात २.९ प्रतिशत र निर्जीवन बीमा व्यवसायको अनुपात ४.२ प्रतिशत रहेको छ।

वर्ष २०२३ विश्व बीमा व्यवसायमा अमेरिकी महादेशको वृद्धि दर ३.७० प्रतिशत रहँदा एसिया प्रशान्त क्षेत्रको ३.३० प्रतिशत र युरोप, मध्यपूर्व र अफ्रिकाको ०.७० प्रतिशत रहेको छ।

अमेरिकी महादेशमा वर्ष २०२३ मा ३३ खर्ब २३ अर्ब १४ करोड डलर बीमाशुल्क संकलन भएको छ। एसिया प्रशान्त क्षेत्रबाट बीमकहरुले १७ खर्ब ४० अर्ब ७९ करोड डलर बीमाशुल्क संकलन गर्दा युरो, मध्यपूर्व र अफ्रिकाबाट १७ खर्ब ८ अर्ब ८२ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS