IME Life New

ईसेवा मनी ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा क्रिकेटर दीपेन्द्रसिंह ऐरीको निरन्तरता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रुपमा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई पुनः अनुबन्ध गरेको छ।

विगत एक वर्षदेखि ईसेवा मनी ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकका रुपमा अनुबन्धित भएका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो। यही मंसिर १४ गते एक कार्यक्रमबीच ईसेवा मनी ट्रान्सफरको प्रधान कार्यालय पुलचोक ललितपुरमा कार्यालयका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र ऐरीबीच पुनः ब्रान्ड प्रवर्द्धक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

Esewa
Crest

कार्यक्रममा ऐरीले ईसेवा मनी ट्रान्सफरसँगको यात्रालाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे। सम्झौताअनुसार ऐरीले ईसेवा मनी ट्रान्सफरले प्रदान गरिरहेको डिजिटल रेमिट्यान्स सेवाको प्रचार गर्दै ‘ब्रान्ड प्रवर्द्ध्क’ का रुपमा कार्य गर्ने छन्।

ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत कोइरालाले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका प्रमुख खेलाडी ऐरीजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धकका रुपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय भएको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS