IME Life New

इ–आर्टस् नेपालले भदौ ७ देखि १३ गतेसम्म आर्ट काउन्सिलमा कला प्रदर्शनी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली कलाको विकासमा निरन्तर योगदान दिँदै आइरहेको इ–आर्टस् नेपालले भदौ ७ गतेदेखि १३ गतेसम्म नेपाल आर्ट काउन्सिलमा कला प्रदर्शनी गर्न गइरहेको जनाएको छ ।

‘हिमालयन आर्ट फेस्टिभल’ ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दशैंको पूर्व सन्ध्याको अवसर पारेर आयोजना गर्दै आइरहेको छ । नेपाल आर्ट काउन्सिल, बबरमहल, काठमाडौं नेपालमा २०८० भदौको ६ गते बुधबार, विहान ११ बजे हुन लागेको हो ।

Esewa
Crest

यस प्रदर्शनीमा करिब ८० कलाकारहरुको सिर्जनालाई प्रदर्शनी गरिने छ । यसकासाथै, ‘टु डी’ र ‘थ्री’ डी डाइमेनसनका नेपाली कलाकाहरुको कला यस प्रदर्शनीमा गरिने बताइएको छ ।

हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दर्शैको अवसर पारेर आयोजना गर्दै आइरहेको छ । ई–आर्टस् नेपालका सह—संस्थापक आशा डङ्गोल हिमालयन आर्ट फेस्टिभलको विषयमा यसरी बताए, ‘दशैंमा धेरै मेलाहरुको आयोजना भइरहेको हुन्छ । नेपाली कलाको कमि थियो, त्यहि अवस्थालाई मनन् गर्दै नेपाली कलाकारहरुको समकालिन अवस्था र प्रोत्सानका साथ सन् २०१७ देखि यो फेस्टिभलको आयोजना गर्दै आइरहेका छौं ।

सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट शुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए । त्यसपछि २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरुका विभिन्न संस्थाहरुसँग कुराकानी गरेर उहाँहरुको सहयोग लिँदै थप कलाकारहरु थप्दै गएको कलाकार डंगोलले बताए ।  यहि कारणले गर्दा पनि यो कला प्रदर्शनी एक बृहद सामुहिक मेलाको रुपमा वर्षेनी आयोजना भइहरहेको छ ।

अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ । नेपाली बरिष्ठ कलाकारहरु देखि वर्तमानका पुस्ताका कलाकारहरुको कामलाई प्रदर्शनीमा राखिएको छ । विधागत हिसावले हेर्ने हो भने ‘टु डी’ र ‘थ्री डी’ डाइमेन्सनका कलाहरु यस प्रदर्शनीमा समावेश गरिएका छन् । कलाकारहरुः कृष्ण मानन्धर, किरण मानन्धर, शशिकला तिवारी, राजन काफ्ले, आशा डंगोल, एरिना ताम्राकार, भाइराज मर्हजन, प्रदिप बज्राचार्य, प्रमिला बज्राचार्य, बिनोद प्रधान, जुपिटर प्रधान, विधाता के.सी, सागर मानन्धर, उजय बज्राचार्य, सरिता डंगोल आदिदेखि हालका युवा कलाकारहरुमा इशान परियार, सविता डंगोल, सुजन डंगोल, मुना भडेल लगायत करिब ८० जना कलाकारहरुको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ ।

प्रदर्शनीको अर्को आकर्षण भनेको एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उहाँको कलाकृतिलाई त्यहाँ राखिने कार्यक्रम समेत सन् २०१९ देखि गर्दै आइरहेको ई–आर्ट्स नेपालका सह—संस्थापक भाइराज मर्हजनले बताए । यस पाली भने उक्त स्थानमा कलाकार वरिष्ठ मूर्तिकार प्राध्यापक गोविन्दनारायण ज्यापुका कलाकृतिलाई प्रदर्शनीमा राखिने कुराको जानकारी समेत उनले दिए ।

हिमाल, पहाड, तराइका कलाकारहरुको सहभागिता यस प्रदर्शनीमा रहेको छ । महिला कलकारहरुको समेत उल्लेख्य सहभागिता रहेको कुरा यस प्रदर्शनीमा सहभागी अर्की कलाकार तथा ई–आर्ट्स नेपालका सह—संस्थापक एरिना ताम्राकारले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS