IME Life New

इसेवाले मनायो तेस्रो वार्षिकोत्सव, रेमिट्यान्सलाई डिजिटाइजेसन तर्फ लैजाँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तीनवर्ष अघिदेखि नेपालकै अग्रणी फिनटेक कम्पनी–एफवान सफ्ट गु्रप अन्तर्गत कार्य संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तीन वर्ष पुरा गरेको छ । यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ।

कार्य संचालनमा आएसंगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ । त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ६१ लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउन पाएका छन्।

Esewa
Crest

त्यस्तै, कम्पनीले आफ्ना एजेण्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशभरि आफ्नो सेवा पुर्याई सकेको छ । हाल, यस कम्पनीका मुलुकभर १२,००० भन्दा बढी संख्यामा एजेण्ट नेटवर्क रहेका छन् जसबाट ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन सकिन्छ । यति मात्र नभएर देशका कुना–कुनासम्म रहेका इसेवाका १ लाख १२,००० एजेण्ट क्यास पोइन्ट मार्फत पनि उपभोक्ताले इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन्।

तेस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेस कोइरालाले भन्नुभयो,“ कार्य संचालनको ३ वर्षमै इसेवा मनी ट्रान्सफरले छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ । हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियामक निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण शुभ चिन्तक हरुलाई दिन चाहन्छु । आफ्नो सेवा विस्तारका बारे कोइरालाले थपे, डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै हामीले ’मेरो डिजिटल देश’ अभियान सुरु गरेका छौ, जस अन्तर्गत ६ जना भाग्यशाली विजेताहरुलाई हामीले घरमै गएर उपहार हस्तान्तरण गर्यौँ साथै एक जना भाग्यशाली विजेताले काठमाडौँमा नयाँ घर जित्नेछन् । अन्तत सबैको पहिलो रोजाइ बनेर बैधानिक रुपमा डिजिटल माध्यमबाट कम शुल्कमा रेमिट्यान्स ल्याई हरेक विदेशिएका नेपाली र उनीहरुको परिवारमा खुशी ल्याउनु नै आगामी दिनहरुमा हाम्रो मूल लक्ष्य रहने छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS