IME Life New

इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डमा सह आयाेजक बन्दै आइआइएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। इन्स्याेरेन्स इन्स्टिच्यूट नेपाल (आइआइएन) भारतमा आयाेजना हुन लागेकाे इमर्जिङ एशिया इन्स्योरेन्स  कन्क्लेभ एण्ड अवार्ड २०२३ मा सहआयाेजक हुने भएकाे छ।

आइआइएन र भारतीय च्याम्बर अफ कमर्शबीच आगामी नाेभेम्बर २२ र २३ मा मुम्बईमा आयाेजना हुन लागेकाे कार्यक्रममा आइआइएनलाई स‌ंस्थागत साझेदारकाे रुपमा आबद्ध गराउने सहमति भएकाे हाे।

Esewa
Crest

कार्यक्रममा नलेज पार्टनरकाे भूमीकाका लागि इन्स्याेरेन्स इन्स्टिच्यूट इण्डियालाई सहभागी गराइएकाे छ। पुरस्कारकाे निर्णय प्रकृयामा सहयाेगीकाे भूमीका बहुर्राष्ट्रिय वित्तीय सेवा प्रदायक स‌ंस्था प्राइस वाटर हाउस एण्ड कुपर्सकाे हुनेछ। पुरस्कारका लागि नेपालबाट पनि जीवन र निर्जीवन बीमा कम्पनीहरुकाे तर्फबाट मनाेनयन दर्ता भइसकेकाे छ।

आइआइएनले अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम सहप्रायाेजन गर्न लागेकाे याे पहिलाे पटक हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS