IME Life New

इप्पानले नेपाल भारत विद्युत व्यापारका विषयमा पूर्वराजदूत रेसँग गर्यो छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाले नेपाल भारत विद्युत व्यापारका विषयमा नेपालका लागि भारतीय पूर्वराजदूत महामहिम रञ्जित रेसँग छलफल सम्पन्न गरेको छ । एसिएन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेश्नल अफेयर्स एआइडिआइए र इप्पानले संयुक्त रुपमा आयोजना गरेको हो ।

कार्यक्रममा इप्पान पदाधिकरीहरुले नेपाल भारत विद्युत व्यापारका विविध विषयमा महामहिम पूर्वराजदूतसँग छलफल गर्दै भारत सरकारले ल्याएको विद्युत व्यापार निर्देशिका र त्यसका गाइडलाइन्सका विषयमा कुरा राखे ।

Esewa
Crest

जवाफमा पूर्वराजदूत रेले नेपाल भारतका धेरै विषय भूराजनीतिसँग जोडिएकाले सम्बन्ध विच्छेद नै गरेर जान नसकिने तर विद्युत व्यापार गाइडलाइन्स लक्ष्मण रेखा नभएकोले त्यसलाई काट्नै नसकिने भन्ने पनि नरहेको बताए

छलफलमा इप्पानबाट अध्यक्ष कार्की सहित वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई, उपाध्यक्षहरु आनन्द चौधरी, भरत खत्री र उत्तम भ्लोन लामा, सचिव हिम पाठक र भरत नेपाल, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सदस्यहरु उत्तर कुमार श्रेष्ठ, टिएन आचार्य, मिथुन पौडेल, सल्लाहकार बटु लामिछाने लगायत सहभागी थिए ।

एआईडीआईएका तर्फबाट अध्यक्ष जय निशान्त, फाउन्डर सुनिल केसी, कार्यक्रम निर्देशक सुजिना राई, सृष्टि काफ्ले, स्वेता कार्की लगायतका प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS