IME Life New

इप्पानको विधान संसोधनका लागि भानुभक्त पोखरेलको नेतृत्वमा मस्यौदा समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को विधान संसोधन तथा पुर्नलेखनका लागि भानुभक्त पोखरेलको नेतृत्वमा समिति गठन भएको छ ।

गत जेठ ३२ गते सम्पन्न २१ औं साधारणसभाको निर्णयअनुसार संस्थाको विधान मस्यौदा गर्न इप्पानका सल्लाहकारसमेत रहेका भानुभक्त पोखरेल संयोजक रहने गरी ‘विधान संसोधन तथा पुर्नरलेखन मस्यौदा समिति’ गठन गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

Esewa
Crest

उक्त समितिमा संस्थाका सदस्य एवं अधिवक्ता होमकान्त चौलागाई सदस्य, इप्पान कार्यसमितिबाट उपाध्यक्ष रामप्रसाद आचार्य सदस्य र दुई जना विज्ञ सदस्य संयोजकले मनोनयन गर्नेगरी ५ सदस्यीय विधान संसोधन तथा पुर्नरलेखन मस्यौदा समिति गठन गरएिको हो ।

समितिका संयोजक पोखरेलले संयोजकको जिम्मेवारी ग्रहण गर्दै संस्थालाई धेरै भन्दा धेरै प्रतिनिधिमुलक हुने गरी मस्यौदा तयार पार्ने बताए ।

संयोजक पोखरेलले २ जना विज्ञ सदस्य नियुक्त गरेपछि समितिले पूर्णता पाउने र काम अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS