IME Life New

इन्स्योरेन्स प्रोफेशन सोसाईटी गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनकपुर । बीमा जागरण अभियान सञ्चालन गर्ने, सचेतना फैलाउने उद्देश्यले इन्स्योरेन्स प्रोफेशनल सोसाईटी गठन गरिएको छ । बीमा समितिका कानुन निर्देशक दिनेशलाल कर्णको प्रमुख आतिथ्यमा जनकपुरमा आयोजित भेलाबाट आईएमई जनरल इन्स्योरेन्सका अर्जुन कुमार पौडेलको अध्यक्षतामा नयाँ इन्स्योरेन्स प्रोफेशन सोसाइटी गठन गरिएको हो ।बीमा समितिकै सुशिलदेव सुुुुवेेेदी विशेष  अतिथि तथा मेघेन्द्र प्रकाश गिरी तथा सोन आलेमगरको आतिथ्यमा जनकपुरमा आइतबार भेला भेलाबाट ११ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

नयाँ संस्थाले बीमा समिति मातहत रहेर बीमा जनचेतनाको काम गर्ने जनाइएको छ । सोसाइटीको उपाध्यक्षमा नेपाल लाईफका अनिल मिश्र, महासचिवमा एशियन लाईफका पुरुषोत्तम कुर्मी तथा कोषाध्यक्षमा सिटिजन्स लाइफका आकाश पाण्डे चयन भएका छन् ।

Esewa
Crest

बीमा समितिका शम्भु प्रसाद मिश्रले भेलालाई समिति मातहतमा रहने गरी नयाँ संस्थाको कार्य समिति चयन गर्ने कार्यक्रमको सञ्चालन गरेका थिए । नव निर्वाचित अध्यक्ष पौडेलले बीमाबारे जनचेतना जगाउन सोसाइटीले सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रमुख अतिथि कर्णले सोसाइटीको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS