IME Life New

इन्स्योरेन्स खबर प्रभावः नेपाल लाईफको नम्बर वान अभियान प्रतिबन्धित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संस्थागत सुशासनको गम्भीर उलंघन सम्बन्धी दुईवटा मुद्दामा बीमा समितिबाट कारवाही गरिएको नेपाल लाईफ इन्स्योरेन्स थप अर्को कारवाहीमा परेको छ । बीमा समितिले संस्थागत सुशासन विपरित विना आधार नम्बर वानको विज्ञापन गरेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

सर्वसाधारणलाई भ्रममा पार्ने गरी नम्बर वानको स्वघोषणा गरेकोमा गम्भीर आपत्ति जनाउँदै नियामक निकाय बीमा समितिले नम्बर एक विज्ञापन अभियान तत्काल स्थगित गर्न निर्देशन दिएको छ । कम्पनीले त्यत्तीकै नम्बर वान भन्न नपाउने भएकाले बन्द गर्न निर्देशन दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । मौखिक रुपमा कम्पनीलाई यस विषयमा जानकारी दिइसकेको र लिखित रुपमा आज निर्देशन जाने उनले इन्स्योरेन्स खबरलाई जानकारी दिए ।

Esewa
Crest

कम्पनीले संस्थागत सुशासन विपरित बजारमा नम्बर वानको विज्ञापन गर्न थाले पछि समितिले यस्तो निर्देशन दिएको हो । बीमा समितिले यस भन्दा अगाडी एशियन लाइफ इन्स्योरेन्स कम्पनीलाई पनि नेपालको नम्बर एक जीवन बीमा कम्पनी भन्दै पोल पोलमा विज्ञापन टास्न थाले पछि समितिले तत्काल यस्तो कार्य बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै अहिले पनि समितिले नेपाल लाइफलाई एक दुई वटा सूचकमा अगाडी भएको आधारमा कम्पनीले नम्बर वान भन्न नपाउने तर्क गरेको छ । कम्पनीले बीमा शुल्क आर्जन गरेकै आधारमा नम्बर वान भन्न नहुने पौडेल बताउछन् ।
यसअघि गत साता नै बीमा समितिको संचालक समितिले नेपाल लाईफका कर्मचारी अमित कयालको गैरकानूनी बढुवा र संचालक समितिका सदस्यहरुले बैठक भत्ताको चरम दुरुपयोग गरेको विषयमा कारवाहीको निर्णय गरिसकेको छ ।

नेपाल लाईफमा संस्थागत सुशासनको गम्भीर उलंघन गरिएको निष्कर्ष सहित बीमा समितिको संचालक समितिले नै कारवाहीको निर्णय गरेको हो । स्वस्थ्य व्यवसायीक अभ्यास विपरित आफैंले आफैंलाई नम्बर एक घोषित गर्दै प्रचारबाजीमा उत्रिएको नेपाल लाईफको गतिविधिप्रति शुरुमा रमिते बनेको बीमा समितिको चर्को आलोचना भएपछि कारवाही गर्न बाध्य भएको हो ।

यसै विषयलाई लिएर इन्स्योरेन्स खबरले नियम विपरित ‘नम्बर वानको’ विज्ञापन गर्दै नेपाल लाइफ, एशियन लाइफलाई तत्काल कारबाही गर्ने समिति अहिले मौन ! शीर्षकमा समाचार प्रकाशन पछि बीमा समितिको नेतृत्वलाई नेपाल लाईफविरुद्ध कारवाहीको नैतिक दबाब पर्न गएको हो । समितिले कम्पनीलाई फोन गरेर यस्तो कार्य बन्द गर्न निर्देशन दिए पनि आज कम्पनीले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले कार्यभार सम्हालेको विषयमा जारी गरिएको प्रेश विज्ञप्तीमा पनि नम्बर वान बीमा कम्पनी भन्दै उल्लेख गरिएको छ । नेपाल लाइफलाई संस्थागत सुशासनको उल्लङ्घन सामान्य बन्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

75%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS