IME Life New

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल प्ले स्टोर र एप्पल फोनको लागि आइओएसमा उपलब्ध रहेको छ। पाठकले इन्स्योरेन्स खबरको सबै सामाग्रीहरु एप्समार्फत नै हेर्न र पढ्न सक्ने सुविधा उपलब्ध छ। यसबाहेक नोटिफिकेशन सकृय पारेको अवस्थामा कुनै पनि नयाँ समाचार वा सामाग्रीबारे मोबाइल नोटिफिकेशनमार्फत्‌ द्रूत जानकारी उपलब्ध हुनेछ।

इन्स्योरेन्स खबरको अंग्रेजी संस्करण समेत एप्समै उपलब्ध छ। एप्सलाई‌ बहुउपयोगी बनाउनका लागि बीमा ऐन, नियामक नेपाल बीमा प्राधिकरणले‌ जारी गरेका नियमावली, निर्देशिका, परिपत्र, बीमालेख, बीमा कारोबार सम्बन्धी तथ्याङ्क समेत एप्समै उपलब्ध गराइएको छ। इन्स्योरेन्स खबरको माउ कम्पनी क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले पाठकको सुविधाको लागि भविष्यमा थप सामाग्रीहरु समेत एप्समा समावेश गरिदै लैजाने बताएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

8%
sad

दु :खी

10%
amazed

अचम्मित

4%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS