IME Life New

इन्स्योरेन्स क्षेत्रको व्यस्तताका बाबजुद पनि अनल गौतमको दुई कृति प्रकाशनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विगत लामो समयदेखि इन्स्योरेन्स क्षेत्रमा आवद्ध अनल गौतमको दुई कृति प्रकाशनमा आएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीमा दाबि विभाग प्रमुखको रुपमा कार्यरत गौतमले ‘दाहिने हाते सिक्का र साइकल’ कथा संग्रह र ‘बार्दली’ उपन्यास प्रकाशनमा ल्याएका हुन् । प्रकाशनमा आएका यी दुई पुस्तक कथा संग्रह र उपन्यास पाँचौ र छैटौं कृति हुन् ।

May be an illustration of temple and text that says 'दाहिनेहाते हाते सिक्का रसाइकल बार्दली THMRENd иACMOO MACA SEtEUN aft 209 अनल गौतम अनल गौतम'

Esewa
Crest

गौतमले प्रकाशनमा ल्याएको ‘दाहिने हाते सिक्का र साइकल’ कथा संग्रहमा कुल ११ वटा कथाहरु रहेको गौतमको भनाई छ । जुन युवा पुस्ताको मनोविज्ञान, बाल्यवस्थाको मनोविज्ञान साथै सामाजिक विषयमा आधारित रहेको उनले बताए । यसैगरी ‘बार्दली’ उपन्यास भने यसअघि प्रकाशनमा आएको ‘लव एट २५’ को दोस्रो भाग रहेको लेखक गौतमको भनाई छ । ‘बार्दली’ भने आधुनिक समाजका युवाले गर्नुपरेको संघर्ष बारे लेखिएको उपन्यास हो ।

२०६४ सालबाट सुरु भएको साहित्य यात्रा
जागिरे जीवनसँगै साहित्य यात्रालाई अंगालेका गौतमले पहिलो पल्ट २०६४ सालमा ‘शुभप्रभात’ शिर्षकमा हाइकु प्रकाशनमा ल्याएका थिए । यसैगरी २०६८ मा ‘चिनारी’ कविता संग्रह प्रकाशन भएको थियो भने २०७० सालमा कथोपन्यास ‘घाट घाटका कथा’ प्रकाशनमा आएको थियो । यी नै कृति मार्फत साहित्य क्षेत्रमा अब्बल बनेका हुन् लेखक गौतम । साहित्य क्षेत्रमा आफूलाई थप सशक्त बनाउने क्रममा गौतमले २०७४ सालमा ‘लव एट २५’ नामक उपन्यास सार्वजनिक गरेका थिए । एक संघर्षशिल युवाको जीवनमा आइपर्ने उत्तारचढाबलाई सरल ढंगले पस्केका छन् उनले । ‘लव एट २५’ उपन्यासको दोस्रो भाग अर्थात अन्तिम भागको रुपमा ‘बार्दली’ उपन्यास प्रकाशनमा ल्याएका हुन् । जुन बार्दलीबाट सुरु भएको उपन्यास बार्दलीमै अन्त्य हुने लेखकको भनाई छ ।

१६ वर्षदेखि बीमा क्षेत्रमा आवद्ध गौतम
साहित्यकारको रुपमा चिरपरिचित अनल गौतम बीमा क्षेत्रमा समेत उस्तै अव्वल व्यक्ति हुन् । उनी विगत १६ वर्षदेखि बीमा क्षेत्रमा आवद्ध छन् । उनी पहिलोपल्ट २०६४ सालमा लुम्बिनि जनरल इन्स्योरेन्समा अधिकृतको रुपमा प्रवेश गरेका थिए । लुम्बिनिबाट सुरु भएको यात्रा एभरेष्ट इन्स्योरेन्स कम्पनी हुँदै एनएलजी इन्स्योरेन्ससम्म आइपुगेको हो । विगत ८ वर्षदेखि भने उनी एनएलजी इन्स्योरेन्समा आवद्ध छन् । उनी एनएलजीमा दाबि विभाग प्रमुखको रुपमा रहेका छन् ।

उनी इन्स्योरेन्स क्षेत्रमा संलग्न हुनुभन्दा अगाडी भने व्यवसायीको रुपमा रहेका थिए । एसएलसी सकिए लगत्तै विभिन्न क्षेत्रमा व्यवसायको अनुभव बटुलेका उनले जीवनको करिब २६ वर्ष यसरी नै वित्यो ।

उनी बीमा क्षेत्रमा संलग्न हुँदै गर्दा नेपाली बीमा क्षेत्र भने निक्कै जटिल अवस्थामा रहेको उनी सुनाउँछन् । उक्त समय बीमा गर्न योग्य सम्पत्तिको समेत बीमा नभएको उनको भनाई छ । बैंकिङ सम्पत्तिमा समेत जबरजस्ती बीमा गर्नुपर्ने अवस्था थियो । गाउँगाउँमा बीमा बारे कुनै जानकारी नै थिएन भने बीमा गर्ने क्लाइन्ट भेट्टाउन निक्कै मुस्किल थियो ।

२०७२ सालको महाभुकम्पपछि भने नेपालीहरुमा बीमा गर्नुपर्छ भन्ने चेत बढ्दै गएको उनको अनुभव छ । साथै बीमा गर्न योग्य सम्पत्ति पनि दिनानुदिन बढ्दै गएको उनी सुनाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS