IME Life New

इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम (सूचि सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ ‘भित्रि सूचना लिएर हुने कारोबार’को आशंका गर्दै एक वर्षको अवधिमा सर्वाधिक मूल्य बढेका ५१ कम्पनीको अध्ययन सुरु गरेको छ । बोर्डले विगत एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुले मूल्य बृद्धि ३०० प्रतिशत र सो भन्दा बढि प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सो भन्दा बढि भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्य भन्दा प्रति शेयर नेटवर्थ कम भएका कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनोट गरि प्रारम्भिक अध्ययन गरेको छ । साथै उक्त सूचिकृत संगठित संस्थाहरुको कारोबारमा भित्र कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरमा सम्बन्धमा समेत विस्तृत अध्यय कार्य अगाडि बढाइएको बोर्डले जनाएको छ ।

प्रारम्भिक अध्ययनबाट सम्बन्धित संगठित संस्थाको सम्बन्धमा लगानीकर्ताको समेत आवश्यक जानकारी प्राप्त गरी लगानी सम्बन्धी निर्णय गर्न उचित हुने देखिएकोले हाललाई यस्ता जोखिम युक्त कम्पनीको विवरण लगानीकर्ताका लागि सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

Esewa
Crest

 

cuoZkooRMc8Y4G7PcZTwasRphAzztnEbCYA5Ga8A

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS