IME Life New

इन्फिनिटी लघुवित्तको साधारण सभा पुस २८ गते, शेयरधनीको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । सभा (सहमति) संस्था विजयचोक गैंडाकोट नवलवरासीमा उक्त दिन बिहान १० बजे शुरु हुने जनाएको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभाले यस वित्तीय संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तहरू गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS